हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

एकीकृत समाजवादीको वडा कमिटीनै एमालेमा विलय

खैरहनी । नेकपा (एकीकृत समाजवादी)को कम प्रभाव रहेको खैरहनी नगरपालिकामा जिल्ला सदस्यसहित ६ नम्बर वडा कमिटीनै नेकपा (एमाले)मा समाहित भएको छ । समाजवादीका जिल्ला सदस्य नेत्रराज ढुंगानाको नेतृत्वमा उनीहरु पुरानै घर एमालेमा फर्किएका हुन् ।

मंगलबार एमाले फर्कनु अघि उनीहरु र एमालेका केन्द्रीय सदस्य जेएन थपलियासहित नेताहरु छलफलमा थिए । एमाले प्रवेश गर्नेहरुमा जिल्ला सदस्य ढुंगानाका साथै वडा नम्बर ६ का वडा कमिटी अध्यक्ष यादव घिमिरे, वडा नम्बर ८ का वडा कमिटी अध्यक्ष प्रेमबहादुर थापा मगर, केशव पौडेल, रुस्तम अन्सारी, हेम पुन, लक्ष्मण भण्डारी, खुबीराज चौधरी, कल्पना छतकुल्ली, रामकुमार उप्रेती, सीताकुमारी चौधरी लगायत हुनुहुन्छ । उहाँहरुलाई एमाले केन्द्रीय सदस्य जेएन थपलिया, खैरहनी नगरपालिकाबाट एमालेका नगरप्रमुख उम्मेदवार लालमणि चौधरी, एमाले नगर कमिटी अध्यक्ष पूर्णबहादुर डल्लाकोटीले स्वागत गर्नुभएको थियो ।

समाजवादी परित्याग गर्नुभएका खैरहनी नगर कमिटी उपसचिव समेत रनुभएका ढुंगानाले समाजवादीको नेतृत्व तहबाट राम्रो काम भएको अनुभव नभएपछि एमालेमा समाहित भएको बताउनुभयो । समाजवादीबाट सबै नेता कार्यकर्ताहरु एमालेमा आउने उहाँको विश्वास छ ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ८ : ५४ बजे