हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

उदयपुरमा माओवादी केन्द्रभित्र भाँडभैलो

उदयपुर – निर्वाचनमा पार्टी अनुशासन विपरित कार्य गरेको भन्दै नेकपा माओवादी केन्द्रले जनयुद्धका कमाण्डर भिमबहादुर अधिकारी (अनिल) सहित ११ जनालाई कारबाही गरेको छ ।

देशभर बागी उमेदवारलाई कारबाही गरिरहेको अवस्थामा माओवादीले प्रदेश कमिटी सदस्य अधिकारी, कृष्णप्रसाद बराल र यदु ढकालसहित जिल्लाका अन्य नेतालाई कारबाहीको सिफारिस र निलम्वन गरेको हो ।

अधिकारी १० वर्षे जनयुद्धका कमाण्डर हुन् । ढकाल पनि जनयुद्धकै नेता हुन् । लामो समयदेखि सत्ता र नेतृत्वबाट उपेक्षमा परेका उहाँहरु पार्टीभित्र गुटगत प्रवृति हाबी भएको भन्दै फरक मत राख्दै आएका थिए। सुरुदेखि नै जनयुद्धमा लागे पनि सार्वजानिक पद, प्रतिष्ठा र पार्टी नेतृत्वमा केहीमा पनि पार्टीले सिफारिस नपरेपछि असन्तुष्टि बन्दै आएका थिए ।

उनीहरुलाई पार्टीको आधिकारिक उमेदवार र गठबन्धन विरुद्ध उमेदवारी दिएको भन्दै कार्वाही गरेको प्रदेस समितका अध्यक्ष हर्क नेम्माङ्गद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । बराल गठबन्धन विरुद्ध कटारी नगरपालिकामा मेयरका उमेदवार हुन् । गठबन्धनबाट नेपाली काँग्रेसको भागमा कटारी नगरपालिका परेपछि उहाँ लगायतका कार्यकर्ता असन्तुष्टि बनेका हुन् ।

त्यसैगरी माओवादीले लिम्चुङबुङ गाउँपालिकाका उमेदवारविरुद्ध बागी दिने अध्यक्षका उमेदवार होमबहादुर राई र वडाध्यक्षका उमेदवार भिमबहादुर राईलाई निलम्बन गरेको छ । त्रियुगा नगरपालिकामा उपप्रमुखमा उमेदवारी दिनु भएका सावित्री थापा, चौदण्डिगढी नगरपालिकामा मेयरको उमेदवारी दिएका कमलध्वज राई र वडाध्यक्षका उमेदवार तिलक राईलाई निलम्बन गरेको हो ।

प्रदेश समितिले उदयपुरमा बागी उम्मेदवारलाई सघाएको भन्दै रामप्रसाद बराल, दुर्गा बुर्जा मगर र तिलक सुवेदीलाई समेत निलम्बन गरेको छ । पटकपटक सचेत गराउँदा पनि पार्टीको आधिकारीक उमेद्वारको विरुद्धमा र पार्टीको निर्णय विपरित उमेदवारी दर्ता गर्ने र सो उमेद्वारी दर्ता गर्न सहयोग गर्ने पार्टी सदस्यलाई कारबाही गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ८ : २३ बजे