थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ३२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९४ जनाको परीक्षण गर्दा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि हो  ।

त्यस्तै २३ जना डिस्चार्ज भएका छन् भने हाल देशभर २१७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ४ : २० बजे