हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

मेयर जितेपछि तिलगंगामा गणेशमान पार्क बनाउँछु, उहाँको नाममा राजनीति नगरौँ ! : केशव स्थापित

काठमाडौँ – नेकपा एमालेका तर्फबाट काठमाडौँ महानगरपालिकाका मेयर पदका उम्मेदवार केशव स्थापितले गणेशमानको नाम लिएर राजनीति नगर्न विपक्षीलाई आग्रह गर्नु भएको छ ।

काठमाडौँ महानगरपालिका वडा–१० का मतदातासँगको अन्तरक्रियामा बोल्दै स्थापितले भन्नुभयो ‘गणेशमानजीको लामो इतिहास छ । उहाँको नाम लिएर राजनीति गरेर हुँदैन । उहाँप्रति सम्मान प्रकट गर्नुपर्छ ।’

नेपाली काँग्रेसले गणेशमानको नाममा राजनीति गरेको तर सम्मान गर्न नसकेको स्थापितले बताउनु भयो ।

स्थापित भन्नुहुन्छ, ‘गणेशमान सिंहको परिवारका लागि जे गर्नुपर्ने हो लेखेर दिनुहोस् म पूरा गर्न तयार छु, तर गणेशमानको नाममा राजनीति गर्ने सम्मान भने नगर्ने कुरा हुन्न ।’

आफू मेयर हुँदा गणेशमानप्रति सम्मान गरेको भन्दै स्थापितले आफू निर्वाचित भएपछि तिलगंगा नजिक रहेको र अहिले स्वीजरल्याण्ड पार्कले परिचित स्थानमा गणेशमान सिहंको सम्झनामा गणेशमान पार्क निर्माण गर्ने बताउनु भयो ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ४ : ०९ बजे