हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

कांग्रेसद्वारा आचारसंहिता विपरित चुनावी प्रचार

बुटवल – तिलोत्तमा नगरपालिका वडा-९ का वडाअध्यक्ष नारायण न्यौपाने निर्वाचन आचारसंहिता विपरित चुनाव प्रचारमा खटिएका छन् ।

निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्री, स्थानीय कार्यपालिका तथा स्थानीय कार्यपालिकाका पदाधिकारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार-प्रसारमा सहभागी हुन नपाउने व्यवस्था छ ।

तर तिलोत्तमा नगरपालिका वडा-९ का वडाअध्यक्ष न्यौपाने नेपाली काँग्रेसले नगरका विभिन्न क्षेत्रमा आयोजना हुँदै आएको चुनावी कार्यक्रममा सहभागी हुँदै आएका छन् । उहाँ २०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसबाट वडाअध्यक्षमा निर्वाचित हुनु भएको थियो । तिलोत्तमामा काँग्रेसबाट रामकृष्ण खाण मेयरको उम्मेदवार हुनुहुन्छ ।

पार्टीका उम्मेदवारलाई जिताउन उहाँ विभिन्न वडामा सक्रिय हुँदै आउनु भएको छ । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जननिर्वाचित वडाअध्यक्ष कुनै दल वा उम्मेद्वारको पक्षमा चुनाव प्रचारमा लागे त्यो आचारसंहिता विपरित हुने बताउनु भयो । ‘वडाअध्यक्ष कुनै पनि चुनावी कार्यक्रममा सहभागी हुन पाइदैन, त्यो आचारसंहिता विपरित हुन्छ’ उहाँले भन्नुभयो । भण्डारीले आचारसंहिता उल्लंघनको उजुरी आए कारवाही गर्ने बताउनु भयो ।

वडाअध्यक्ष न्यौपानेले चुनावी कार्यक्रममा सहभागी हुँदै आएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘वडाअध्यक्षलाई त के लाग्ला र भनेर कार्यक्रमहरुमा सहभागी हुँदै आएको छु ।’

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ३ : २९ बजे