हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

भक्तपुरका कांग्रेसद्वारा आचारसंहिताको उल्लङ्घन

​​​​​​​​​​​​​​​​​​​​​भक्तपुर । स्थानीय तहको निर्वाचनको प्रचारप्रसारका क्रममा भक्तपुरमा निर्वाचन आचारसंहिता उलङ्घन भइरहेको पाइएको छ ।

घरदैलो कार्यक्रम मार्फत प्रचार प्रसारमा होमिएका दलहरूले भक्तपुरमा आचारसंहिता उलङ्घन गरेका हुन् । यसरी आचारसंहिता उलङ्घन गर्नेमा नेपाली कांग्रेस अग्रस्थानमा देखिएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ३ बालकोटमा नेपाली कांग्रेसले आचारसंहिता उल्लङ्घन गर्दै आएको पाइएको हो । बालकोट-३ का सडकका पोलहरूमा कांग्रेसले निर्वाचन आयोगको आचारसंहिता विपरीत पार्टीको झन्डा, तोरण र चुनाव चिन्ह टाँगेको हो । नेपाली  कांग्रेस बालकोटले निर्वाचन आयोगले ३x३ फिट भन्दा ठुलो तोरण, झन्डा, सार्वजनिक स्थलमा राख्न नपाइने बताए पनि काग्रेंसले यस क्षेत्रमा ठाडै आचारसंहिता विपरीतका झन्डा र तोरणहरू टाँगिरहेको स्थानीयहरू बताउँछन् । स्थानीयहरू काग्रेंसले आफू सत्तामा भइरहेको फाइदा यसरी आचारसंहिता उलङ्घन गरेर लिइरहेको बताउँछन् ।

‘नेपाली कांग्रेसका नेता बाल कृष्ण खाँड अहिले नेपाल सरकारको गृहमन्त्री जस्तो पदमा बसेका छन् त्यसकै फाइदा लिँदै यसरी मनलाग्दी गरे ।’ एक स्थानीयले दुखेसो पोखे । आफ्नो पार्टीको मान्छे गृहमन्त्री भएकै कारण कांग्रेसलाई आचारसंहिता नलाग्ने बाकीं पार्टीलाई मात्रै आचारसंहिता लाग्ने हो की भन्ने प्रश्न उनले गरे ।

निर्वाचन आचारसंहितामा कसैको घर वा जग्गाधनीको अनुमति नलिई निजी घर वा जग्गामा दलको झन्डा वा उम्मेदवारको चिन्ह राख्न र टाँस्न बन्देज गरेको छ । काग्रेंसले यस क्षेत्रमा यो नियमको उलङ्घन गरी मनपरी र मन लागेको ठाउँमा बिना सोधपुछ झन्डा ब्यानर टाँगिरहेको स्थानीयहरूको आरोप छ । आयोगले दिएको आदेश अटेर गर्ने दल, संस्था वा उम्मेदवारलाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने कानुनी व्यवस्था छ।

निर्वाचन आयोग ऐन २०७३ले आचारसंहिताको गम्भीर उल्लङ्घन गर्ने उम्मेदवारको उम्मेदवारी समेत रद्द हुन सक्ने व्यवस्था गरेको छ। कुनै उम्मेदवारले आयोगले बनाएको आचारसंहिताको उल्लङ्घन गरेको कारणबाट निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरबाट हुन नसक्ने कुरामा आयोग विश्वस्त भएमा त्यसको स्पष्ट आधार र कारण खोली आयोगले उम्मेदवारको उम्मेदवारी रद्द गर्न सक्ने ऐनमा भनिएको छ। निर्वाचन आयोगले आचारसंहिताको उल्लङ्घन गर्ने उम्मेदवारको उम्मेदवारी रद्द गर्न सक्नेछ ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ३ : ०० बजे