हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

श्रीकृष्णले अर्जुनलाई साथ दिए जस्तै एमालेका उम्मेद्वारलाई साथ दिन्छु : द्वारिकलाल चौधरी

इटहरी – वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा महाभारतको लडाईमा श्रीकृष्णले अर्जुनलाई साथ दिए जस्तै आफूले सूर्यध्वजावाहक उम्मेदवारलाई साथ दिने वताउनुभएको छ । उहाँले गठवन्धनको चक्रब्यूह तोडन आफूले नेतृत्व गर्नु परे तयार रहेको वताउनुभएको छ ।

इटहरीमा एमाले एक ढिक्का भएको देखेर कसैको टाउको दुख्छ भने सिटामोल लिएर हिडन पनि उहाँले सुझाव दिनुभएको छ । इटहरी उपमहानगरमा हालका मेयर द्वारिकलाल चौधरीले एमालेका मेयर पदका उम्मेदवार याम सुब्बा र उपमेयर पदका उम्मेदवारसंगीता चौधरीलाई खुलेरै सहयोग गर्नुभएको हो । सुनसरीको इटहरी उपमहानगरपलिकामा उमेदवारहरु घर दैलो कार्यक्रम व्यस्त छन । चुनाव नजिकिदै गर्दा भोट माग्नका लागि उमेदवारहरु अहिले हतारमा देखिन्छन ।

इटहरीमा एक सय २ पदका लागि चार सय ८ जनाले उमेदवारी दिएका छन् । इटहरीको मेयर पदमा १६ जना र उप–मेयर पदमा ७ जना सहित चार सय ८ जनाको चुनावी प्रतिस्पर्धा हुने इटहरी उप महानगरपालिकामा १ लाख ४ हजार ६ सय २६ मतदाता रहेका छन ।

नेकपा एमालेले जित्दै आएको इटहरीमा नेकपा एमालेबाट यामकुमार सुब्बा, नेपाली काँग्रेसबाट हेमकर्ण पौडेल, र राप्रपाबाट आकाश सुब्बा सहित मेयरपदमा १६ जनाको उमेदवारी दिएका छन ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  १२ : २० बजे