हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

भारतीय प्रधानमन्त्री मोदी बुद्ध जयन्तीमा नेपाल आउने

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी २ जेठ अर्थात् बुद्ध जयन्तीमा नेपाल भ्रमणमा आउने हुनुभएको छ ।

भारतीय पत्रिका द हिन्दुले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार मोदी १६ मेमा बुद्ध जयन्तीको अवसर पारेर नेपाल आउने तयारीमा हुनुहुन्छ ।  तर, यसबारे नेपालको परराष्ट्र मन्त्रालयले कुनै औपचारिक टिप्पणी गरेको छैन । 

नेपालले जेठ २ गते  भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी मोदीबीच लुम्बिनीमा भेट हुने ठानिएको छ ।

प्रधानमन्त्री देउवाले एक महिनाअघि मात्र भारतको भ्रमण गरेका थिए । सन् २०१९ मा प्रधानमन्त्रीमा पुनर्निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ । 

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ८ : ०९ बजे