देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई ६ महिना पार्टीबाट निलम्बन

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि पार्टीले कारबाहीको घोषणा गरेको छ ।  पार्टी हित विपरितको गतिविधि गरेको भन्दै यसअघि स्पष्टीकरण सोधिएका पाण्डे र भुसाललाई पार्टीले आजदेखि ६ महिनासम्मका लागि निलम्बन गरेको हो । एमालेको केन्द्रीय समितिले गत चैत ८ गते चार नेतामाथि स्पष्टीकरण सोधेको थियो ।

पहिलोपटक सोधिएको स्पष्टीकरणमा पाण्डे र भुषालले जवाफ दिएका थिएनन् ।

फेरि उनीहरूमाथि दोस्रोपटक स्पष्टीकरण सोधिएको थियो । त्यसको जवाफ उनीहरूले दिएका थिए । तर, स्पष्टीकरण चित्तबुझ्दो नभएको र सुध्रिने लक्षण नदेखिएको एमालेले ठहर गरेको छ ।

अहिलेकै गतिविधि जारी रहेको खण्डमा थप कडा कारवाही हुन सक्ने अध्यक्ष केपी शर्मा ओलीले जनाएका छन् । नेताद्वयलाई सच्चिनका लागि यो अन्तिम मौका भएको ओलीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  १ : १७ बजे