साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

भारतबाट उद्धार गरी ल्याइएका सात जना बालिका तथा किशोरीलाई परिवारको जिम्मा लगाइयो

महोत्तरी । भारतबाट उद्धार गरी ल्याइएका सात जना बालिका तथा किशोरीलाई परिवारको जिम्मा लगाइएको छ । 

घाँस काट्न गएका बेला बेपत्ता भएका महोत्तरीको भंगाहा नगरपालिका –८ धरमपुरका सात जना बालिका तथा किशोरीलाई भारतबाट उद्धार गरी परिवारको जिम्मा लगाइएको हो । 

भारतको सितामढीस्थित रेल्वे स्टेशनमा फेला परेको महोत्तरीको भंगाहा नगरपालिका–८ धरमपुरका ७ जना बालिका तथा किशोरीलाई सम्बन्धित परिवारको जिम्मा लगाइएको भंगाह नगरपालिकाका नगरप्रमुख संजिव कुमार साहले जानकारी दिनुभयो । 

सीतामढीबाट उद्धार गरिएका  ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान,  १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवानलाई बुधबार राती ११ बजे महोत्तरीको सदरमुकाम जलेश्वर ल्याइएको थियो । 

घाँस काट्न भनेर मंगलबार दिउँसो घरबाट निस्किएका उनीहरू एकाएक सम्पर्कविहीन बनेका थिए । 

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  ८ : ४६ बजे