साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

विद्यालयका कर्मचारीलाई प्राधिकरणले तालीम दिने

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले सरकारी विद्यालयमा सूचना प्रविधि प्रयोगशाला (आइटी ल्याब) बनाउने कार्यक्रमअन्तर्गत हालसम्म ९२० विद्यालयमा प्रयोगशाला स्थापना भइसकेको र १० विद्यालयमा प्रयोगशाला स्थापना अन्तिम चरणमा पुगेको जनाएको छ ।

बुधबार एक सूचना जारी गर्दै प्राधिकरणले ती विद्यालयबाट  प्रति विद्यालयका दुई जना सहभागी हुने गरी ३ दिने तालिमको आयोजना गर्न लागेको जनाएको छ । 

प्रयोगशाला स्थापना तयारीको समयमा नै प्राधिकरण र विद्यालयबीच प्रयोगशालामा कार्यरत कर्मचारी वा शिक्षकलाई तीनदिने तालीम प्रदान गर्ने सम्झौता भएअनुसार तीन दिने तालीम दिन लागिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिनुभयो । 

प्रवक्ता पौडेलले तालीममा सहभागिता जनाउन सूचना प्रकाशन गरिएको र सहभागीको संख्याअनुसार तालीमको समय र स्थान छनोट गरिने बताउनुभयो । 
 

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  ७ : १५ बजे