देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

जबरजस्तीकरणी गरेको आरोपमा एक जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा एक महिलालाई जबरजस्तीकरणी गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् ।

बौद्धिक अपाङ्गता भएकी महिलालाई एक्लै भएको मौका छोपी गए राति जबरजस्तीकरणी गरेको आरोपमा पुनर्वास नगरपालिका वडा नम्बर २ दशरथबस्ती बस्ने ४० वर्षीय जग्गु चौधरीलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चौधरी माथी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताउनुभयो ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  ७ : ०६ बजे