साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

प्रहरी कर्मचारीलाई हातपात गरेको अभियोगमा पक्राउ

काठमाडौं – काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित सडकमा डिउटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा ललितपुर लगनखेल बस्ने काभ्रे पाँचखाल नगरपालिका-९ घर भएका ३० वर्षीय रिकेश पहरी लगायत ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले मादक पदार्थ सेवन गरी होहल्ला गर्दै झगडा गरिरहेको अवस्थामा महानगरीय प्रहरी प्रभाग गोंगबुबाट डिउटीमा खटिएको प्रहरीले सम्झाई बुझाई गर्दा उनीहरुले प्रहरी
कर्मचारीलाई एक्कासी हातपात गरेपश्चात उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ४ : ५० बजे