देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

प्रतिनिधि सभा बैठकमा प्रतिवेदन पेश

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न  प्रतिवेदन पेश भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा शिवमाया तुम्बाहाम्फेले ‘राष्ट्रिय प्राकृतिक, स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन’ र ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन’ पेश गर्नुभएको हो ।

    यस्तै बैठकमा विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले विकास तथा प्रविधि समितिको वार्षिक प्रतिवेदन, २०७७ र ‘नेपाल इन्जिनीयरिङ परिषद् ९पहिलो संशोधन० विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७७ पेश गर्नुभयो ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ४ : १३ बजे