देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

बालाजु बाइपासमा सूचना केन्द्रको शिलान्यास

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले बालाजु बाइपासमा सूचना केन्द्र निर्माण गर्न थालनी गरेको छ । कामपाको स्वामित्वमा रहेको बालाजु बाइपासको कित्ता नं ९९ र १२५ मा सूचना केन्द्र निर्माणका लागि आज शिलान्यास गरिएको छ ।

    शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र कामपाका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रूपमा सूचना केन्द्रको शिलान्यास गर्नुभयो । निर्माण हुने केन्द्रले उत्तरी क्षेत्रबाट हुने आवागमनको लगत राख्ने छ । केन्द्रबाट बालाजुबाट बाहिरिँदा पुगिने ठाउँ र भित्र आउँदा आवश्यक पर्ने सेवा प्राप्त हुने ठाउँका बारेमा जानकारी दिइने पनि बताइएको छ । मन्त्री मानन्धरले ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न उपत्यकाका विभिन्न स्थानमा सरकारले अत्याधुनिक सुविधा सहितका यस्ता केन्द्र स्थापना गर्ने लक्ष्य लिएको बताउनुभयो ।

    कार्यक्रममा कामपाका प्रमुख शाक्यले सूचना केन्द्रले उपत्यका र काठमाडौँ महानगरसम्बन्धी आवश्यक सबै सूचना उपलब्ध गराइने छ”, उहाँले भन्नुभयो, “सूचना केन्द्रबाट पर्यटक र सर्वसाधारणलाई काठमाडौँ र उत्तरी क्षेत्र हुँदै पुगिने नुवाकोट, रसुवा र गोरखा जाने बाटोलगायत बारेमा पनि सूचना प्रप्त हुनेछ ।” करीब रु एक करोड लागतमा बालाजु बाइपासमा निर्माण हुन लागेको सूचना केन्द्रको निर्माणका लागि कमपाले रु ९५ लाख ६० हजार र उपभोक्ताले रु १० लाख ६० हजार व्यहोर्ने बताइएको छ ।
 

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ४ : १२ बजे