साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

गायक बन्न भन्दै लहलहैमा भारत पुगेका थिए बेपत्ता किशोरी

जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिका–८ धरमपुरबाट सम्पर्कविहीन भई भारत बिहारको सीतामढीमा फेला परका पाँच वालिका र दुई किशोरीले आफुहरु लहलहैमा त्यहाँ पुगेको बताएका छन् । उनीहरुले आफूहरु गायक बन्ने सपना बोकेर हिडेको बताएका हुन् ।

घरबाट घाँस काट्न गएका किशोरी भारतको बिहारको सीतामढीमा फेला परका थिए । ती किशोरी कसैले फकाएर भारततर्फ लगेको प्रहरीले अनुमान गरेपनि उनीहरुसँग कोही व्यक्ति फेला नपरेको प्रहरीले जनाएको छ ।

किशोरीहरुले भारतीय प्रहरीलाई दिएको बयानमा आफूहरु गायिक बन्न भारत आएको बताएको भारतीय प्रहरीलाई उदृत गर्दै महोत्तरीका प्रहरी उपरीक्षक दिनेश अर्चायले जानकारी दिनुभयो ।

भारतबाट उद्धार गरी ल्याइएका किशोरी दिउँसो २ बजे महोत्तरी आइपुग्ने र परिवारको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

भंगहा नगरपालिका ८ धरमपुरकी ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा पासवान , १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रीया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान बेपत्ता भएका थिए । उनीहरु मंगलबार दिउँसो घाँस काट्न सोही नगरपालिकाको ९ अजगैवास्थित पुगेका थिए र सम्पर्क विहिन बनेका थिए ।

हिजोरातभर खोजिगरिएपनि किशोरीहरु आज विहान भारतको विहारमा भेटिएका थिए । घाँस काट्न भनेर हिडेका भंगहा नगरपालिका ८ धरमपुरकी ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा पासवान , १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रीया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान मंगलवारदेखि बेपत्ता भएका थिए । 

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  २ : ४३ बजे