शुक्लाफाँटामा पाटे बाघको मृत्यु

महेन्द्रनगर – कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सोमबार घाइते अवस्थामा भेटिएको पाटे बाघको मृत्यु भएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत रविन चौधरीले शुक्लाफाँटाको दक्षिण क्षेत्रमा रहेको नेपाल–भारत २४ नम्बर सीमास्तम्भ नजीक बाघ घाइते अवस्थामा भेटिएको जानकारी दिनुभयो ।

“हिजो पर्यटक गाइडले भाले बाघ घाइते देखिपछि निकुञ्ज प्रशासनमा खबर गरे”, सहायक संरक्षण अधिकृत चौधरीले भन्नुभयो, “राति घाइते बाघको मृत्यु भयो ।” मृत बाघको अहिले निकुञ्ज कार्यालयमा शव परीक्षण हुनेछ । 

“शव परीक्षण रिपोर्टपछि घटनाबारे विस्तृतमा थाहा हुन्छ”, उहाँले भन्नुभयो, “अहिले हामी अनुसन्धान गर्र्दैछौँ ।”उहाँले सीमा क्षेत्रमा भेटिएकाले बाघ नेपाल वा भारतको हो भन्नेबारे पनि अनुसन्धान थालिएको बताउनुभयो । निकुञ्जमा १६ वटा पाटे बाघ रहेका छन् । 
 

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ५ : २० बजे