काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभाको रिक्त समानुपातिकतर्फको सदस्यमा सिरहाकी जानकीदेवी रामलाई निर्वाचित गर्ने भएको छ ।
जानकी देवी रामलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनु भयो ।
एमालेको बन्द सूचीमा ८६ औं नम्वरमा रहेकी इलामकी सानु शिवा समानुपातिक सांसद हुनुहुनथ्यो । उहाँको गत वर्ष निधन भएपछि एउटा सांसद पद रिक्त थियो ।
समानुपातिक उम्मेदवारको बन्द सूचीमा ८८ नम्वरमा रहेकी जानकीदेवीलाई सासदकाे रुपमा निवार्वािचत गर्न एमाले केन्द्रीय कमिटी बैठकले निर्वाचन आयोगलाई पत्र पठाउने निर्णय गरेको हो ।
सांसद पदमा ८७ नम्वरकी धनकुमारी सुनारको पालो आउने थियो, तर, सुनार यसयअघि नै एमाले छाडेर डा. बाबुराम भट्टराईको पार्टीमा लागेकाले उहाँको नाम बन्द सूचीबाट हटाउने निर्णय एमालेले गरेको छ ।
जानकीदेवी राम निर्वाचित भएपछि प्रतिनिधिसभामा एमालेको सांसद १२१ जना कायम हुनुहुनेछ । थियो।
प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार ४ : १८ बजे
प्रतिक्रिया