साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

कास्की – आफ्नै ४७ वर्षीया श्रीमती देवी जिसी बिकको कुटपिट गरी हत्या गरेको अभियोगमा पोखरा महानगरपालिका-२६ बरालडाँडा उपरजरे बस्ने ४९ वर्षीय देब बहादुर बिकलाई
शनिबार प्रहरीले पक्राउ गरेको छ ।

देव बहादुरले शनिबार कुटपिट गर्दा गम्भीर घाइते भएकी उनकी श्रीमतीको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा आइतबार मृत्यु भएको थियो । ईलाका प्रहरी 
कार्यालय शिसुवा मुकाम डाँडाकोनाकबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनलाई पक्राउ गरेको हो । 

उनी उपर कर्तव्य ज्यान सम्बन्धी कसूर अन्तर्गत जिल्ला अदालत कास्कीमार्फत ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  २ : १५ बजे