साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

तुँवालोका कारण उडान प्रभावित

काठमाडौं । पाँच दिनदेखि आन्तरिक उडानमा समस्या आएको छ । मौसम खराबीका कारण प्रदूषणको तह बढेपछि काठमाडौं विमानस्थलमा उडान रअवतरणमा समस्या आएको हो ।

विमानस्थलका अनुसार गत शुक्रबारदेखि प्रभावित भएको आन्तरिक उडानमा २० प्रतिशतले कमी आएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ खासै प्रभाव नपरेको विमानस्थलले जनाएको छ ।

विमानस्थलका अनुसार शुक्रबार आन्तरिकतर्फ २ सय ४६ वटा उडान तथा अवतरण भएका थिए । तर, शनिबार १ सय २३ र आइतबार १ सय ३८ वटा र सोमबार १ सय मात्रै उडान–अवतरण भएका छन् ।

सामान्य अवस्थामा बढीमा २ सय ९४ वटासम्म उडान–अवतरण भएका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ९ : ४० बजे