स्याङजा – नेकपा एकीकृत समाजवादी स्याङजाका सचिव एमाले प्रवेश गरेका छन् । टिकाराम नेपालीलाई एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमाले प्रवेश गराउनु भएको हो ।
उहाँसँगै अनेरास्ववियूका केन्द्रिय उपमहासचिव मेघनाथ चापागाईं, प्रदेश सदस्य नेत्रबहादुर थापा, जिल्ला सचिवालय सदस्य मनोज बराल लगायत एमाले प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गर्दै उहाँहरुले यसअघि आफूले बाटो बिराएको बताएका छन् । उपमहासचिव गुरुङले सबैलाई एमालेमा समाहित हुन आह्वान गर्नुभयो ।
प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार ९ : १० बजे
प्रतिक्रिया