काठमाडौँ । भारतको प्रमुख प्रतिपक्ष भारतीय राष्ट्रिय कंग्रेस पार्टीका नेता राहुल गान्धी काठमाडौं आउनुभएको छ ।
गान्धी भिस्तार एयरलाइन्सको विमानबाट सोमबार अपरान्ह ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो ।नेता गान्धीले ५ दिन नेपालमा बिताउनु हुनेछ ।
स्थानीय तहको निर्वाचनको समयमा नेता गान्धी नेपाल आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
उहाँ नागपोखरीस्थित होटल मेरियटमा बस्नुहुनेछ । उहाँ पूर्व राजदूत भीम उदासकी छोरी सुम्निमा उदासको वैवाहिक समारोहमा बिहीबार सरिक हुने कार्यक्रम छ ।
प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार ७ : ४७ बजे
प्रतिक्रिया