हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

आईजीपी नियुक्तिविरुद्धको रिट दर्ता, वुधबार सुनुवाइ हुने

काठमाडौँ । प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धमा सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

सोमबार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले रिट दायर गर्नुभएको हो  ।

वरिष्ठताका आधारमा महानिरीक्षक नियुक्त नगरिएको र कानुन विपरीत भएको भन्दै पाखरेलले अदालतमा रिट दायर गराउनुभएकाे हाे  । एआईजीपी पोखरेलले रिटमा बढुवाको निर्णय यथास्थितिमा राख्न र अदालतबाट न्याय निरुपण नभएसम्म आफूलाई कायममुकायम महानिरीक्षकका रुपमा काम गर्न दिनुपर्ने मागदाबी गर्नुभएको छ  ।

अदालतमा दायर रिटमाथि वुधबार सुनुवाई हुने सर्वोच्च जनाएको छ ।

रिटमा पोखरेलले जेष्ठता, कार्यसम्पादन मूल्यांकन, शैक्षिक योग्यता, तालिम, पुरस्कार, कमाण्डलगायत सबै आधारमा आफू अगाडि रहेको भन्दै सिंहलाई बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय बदर गर्न माग गर्नुभएको छ ।

पोखरेलले प्रहरी नियमावली २०७१ को नियम ४१ र ३० अनुसार आफूलाई महानिरीक्षकमा बढुवा गर्नुपर्ने माग गर्नुभएको छ । पोखरेलले एआईजीसम्म आइपुग्दा आफूले कुनै विभागीय कारबाही नभोगेको तर महानिरीक्षकमा बढुवा भएका सिंहले पटक–पटक कारबाही भोगेको तथा एआईजीमा बढुवाविरुद्धको मुद्दा अदालतमै विचाराधीन रहेको अवस्थामा बढुवा भएकोमा पनि प्रश्न उठाउनुभएको छ ।

आइतबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले वरिष्ठतामा अगाडि रहेका एआईजीद्वय पोखरेल र सहकुलबहादुर थापालाई पन्छाएर डेढ महिना अघि डीआईजीबाट एआईजी बनेका सिंहलाई आईजीपीमा बढुवा गरेको थियो । २०७७ मंसिरमा पोखरेल एआईजी हुनुभएको थियो । त्यसको ७ महिना पछि थापा २०७८ असार र महानिरीक्षकमा बढुवा भएका सिंह गत चैत ७ मा एआईजी हुनसभएको थियो ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ४ : १८ बजे