हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

कांग्रेसका उम्मेदवार खुट्टामा हजारको नोट राख्दै भोट माग्दै

सिन्धुपाल्चोक । आसन्न स्थानीय तहको निर्वाचन नजिकिएसँगै मेलम्ची नगरपालिका वडा नम्बर १० मा नेपाली कांग्रेसका उम्मेदवार अमृत खनालले हजारको नोट मतदाताको पाउमा राखेर भोट मागिरहेका छन् ।

भोट माग्नलाई घरदैलो कार्यक्रममा जाँदा उनले मतदाताको पाउमा हजारको नोट राखेर भोट दिन आग्रह गरेका छन् । 

उनले वडाका प्रत्येक नागरिकलाई यसरी नै खुट्टामा ढोगेर भोट मागिरहेका छन् । 

उनको उक्त तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि उनले आफ्नी फुपूलाई ढोग गरेको भन्दै सामाजिक सञ्जालमार्फत नै स्पष्टीकरण दिएका थिए । उनले पछि प्रष्टीकरण दिएको पोस्ट पनि हटाएका छन् । उनले फेसबुक वालमा लेखेका थिए– यहाँहरू सबैलाई हार्दिक नमन तथा जय नेपाल ! मेरी फुपू दिदीको हातबाट टीका लगाए पछि मैले मेरी दिदीको पाउ ढोक्दै गर्दा बिना दक्षिणा कसरी ढोग गरूँ ? आादर र सम्मान गर्नु मेरो धर्म हो। यो सकारात्मक संस्कारलाई पनि प्रंचार प्रसार गरिदिनु भएकोमा यहाँ हरू सबैलाई हार्दिक धन्यवाद ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  १२ : ४५ बजे