हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

उदयपुरमा एमाले र माओवादीबाट एक/एक सदस्य निर्विरोध

उदयपुर । उदयपुरमा दुई दलित महिला सदस्य निर्विरोध हुनुभएको छ ।

लिम्चुङ गाउँपालिकामा गठबन्धनको तर्फबाट लिम्चुङबुङ गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएकी दलित महिला सदस्य देवकुमारी कार्की निर्विरोध निर्वाचित भएका निर्वाचन अधिकृत तुलाराज सुनुवारले जानकारी दिनुभयो। 

त्यसैगरी, रौतामाई गाउँपालिका वडा नम्बर १ की दलित महिला सदस्य नेकपा एमालेबाट फुल माया विक (दियाली) निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत सुवासकुमार भट्टराईले स्थानीय तह निर्वाचन सञ्चालन नियमावलीको नियम १३ को उपनियम (१) अन्तरगत दलित महिला सदस्य निर्वाचित भएको जानकारी दिनुभयो । 

उदयपुरमा ३ सय ९१ पद मध्ये दुई पद निर्विरोध भएका हुन् । 

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ७ : १३ बजे