हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

‘हु ईज केपी ओली’ भन्नेलाई ३० गते जनताले देखाइदिन्छन् : केपी ओली

हेटौँडा – पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले बागमती प्रदेशको राजधानी हेटौँडाको सडक नभत्काउने र सडकका लागि बाइपास सडक निर्माण गर्ने बताउनुभएको छ ।

हेटौँडामा जिफन्ट मकवानपुरले आयोजना गरेको कार्यक्रममा एसियन हाइवेमा पर्ने सडकखण्ड अन्तर्गतको हेटौँडा बजारको बीचमा रहेको सडक फराकिलो बनाएर भत्काउनुभन्दा बाइपास बनाउनुमा आफ्नो दलले जोड दिएको अध्यक्ष ओलीले बताउनुभयो ।

वर्तमान बागमती सरकारले मदन भण्डारी स्वस्थ्य प्रतिष्ठान र हेटौँडा अस्पताललाई अलग गरेर गलत गरेको उहाँको भनाइ थियो। अध्यक्ष ओलीले ‘हू इज केपी ओली’ भन्नेलाई नेपाली जनताले ३० वैशाख गते हुने स्थानीय तह निर्वाचनमा देखाइदिने बताउनुभयो ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ९ : ४२ बजे