उदयपुर – उदयपुरको लिम्चुङबुङ गाउँपालिका वडा-२ का नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडा अध्यक्ष एमालेमा प्रवेश गर्नु भएको छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट लिम्चुङबुङ गाउँपालिका वडा-२ मा निर्वाचित वडा अध्यक्ष तथा पालिका सचिवालय सदस्य भविन्द्र कुमार राई नेकपा एमालेमा प्रवेश गर्नु भएको हो ।
नेकपा एमाले लिम्चुङबुङ गाउँपालिका कमिटिले आयोजना गरेको आसन्न निर्वाचन केन्द्रित कार्यक्रम भविन्द्र राईलाई नेकपा एमाले पोलिटब्यूरो सदस्य, जिल्ला इन्चार्ज तथा पूर्व शहरी विकास राज्यमन्त्री मञ्जु चौधरीले स्वागत गर्नुभयो ।
प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार ६ : १८ बजे
प्रतिक्रिया