दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

‘हु ईज केपी ओली’ भन्नेलाई ३० गते जनताले देखाइदिन्छन् : अध्यक्ष ओली

काठमाडौं । नेकपा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘हु ईज केपी ओली’ भन्नेलाई वैशाख ३० गते देखाइदिने बताउनुभएको छ । हेटौंडामा एमालेले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले आफूलाई कतिपयले हु ईज केपी ओली भन्ने गरेको भन्दै ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको नतिजाले देखाइदिने बताउनुभएको हो । 

‘यो मलाई भनेको होइन, समग्र एमालेलाई भनेको हो । त्यो त हामी ३० गते देखाइदिन्छौं । त्यसपछि थाहा हुनेछ, को हो केपी ओली भनेको,’ अध्यक्ष ओलीले भन्नुभयो। आफ्नो नेतृत्वको सरकार कोरोना महामारीको बेला पनि कर्मचारीको तलब भत्ता बढाउने हिम्मत राखेको अध्यक्ष ओलीको भनाइ छ । 

वृद्ध भत्ता बढाएर ज्येष्ठ नागरिकको पार्टी एमाले भएको उहाँको भनाइ छ । कोभिड दुनियाँमा फैलिएको बेला आफूले पहिलो परीक्षणका लागि हङकङ पठाइएको स्मरण गराउँदै अहिले देशभर जताततै परीक्षणको व्यवस्था मिलाएको बताउनुभयो । 

दुई अर्ब ५० करोडभन्दा बढी पैसा तिरेर पनि औषधि ल्याउन नसकेको वर्तमान सरकार भ्रष्टाचारको चंगुलमा फसेको ओलीले बताउनुभयो । अहिलेको सरकारमा रहेका मन्त्रीहरूलाई औलो समाएर हिँड्न सिकाएको अध्यक्ष ओलीको भनाइ छ । रेडियो टेलिभिजनमा गएर पाँच हजार तिरेर कोभिडविरुद्धको खोप लगाएको भन्दै गलत प्रचार प्रसार गर्दै हिँडेको बताउनुुभयो । 

वर्तमान स्वास्थ्यमन्त्री विरोध खतिवडाले स्वास्थ्यमन्त्रीमा नियुक्त हुँदा पाँच हजार तिरेर कोरोनाविरुद्धको खोप लगाएको बताउनुभएको थियो। उक्त भनाइको खण्डन गर्दै अध्यक्ष ओलीले निःशुल्क लगाइएको खोपलाई पैसा तिरेर भनिएको बताउनुभयो । 

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ५ : १४ बजे