काठमाडौंमा अनुभवी व्यक्तिलाई उम्मेदवार बनाएका छौँ : अध्यक्ष ओली 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकामा अनुभवी व्यक्तिलाई उम्मेदवार बनाएको बताउनुभएको छ ।  

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आइतबार काठमाडौंमा जिफन्टले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौंमा आफ्नो आफ्नो पार्टीले अनुभवी उम्मेदवार बनाएको बताउनुभएको हो । 

‘काठमाडौंको मेयर भइसक्नुभएका केशव स्थापितलाई फेरि उम्मेदवार बनाइएको छ । उहाँ यहाँका सडक चौडा पार्नेदेखि माइतीघर मण्डला स्थापना उहाँले नै गर्नुभएको हो । विकास र समृद्धिका अनुभवीलाई काठमाडौंको उम्मेदवार बनाइएको छ,’ अध्यक्ष ओलीले भन्नुभयो ।  

काठमाडौंलाई विश्वकै सफा राजधानी बनाउने संकल्पका साथ उम्मेदवार बनाइएको भन्दै अध्यक्ष ओलीले बागमती, विष्णुमती नदीलाई पूर्ण सफा बनाउने व्यक्तिलाई एमालेले उम्मेदवार बनाएको बताउनुभयो । 
 

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ३ : ०४ बजे