दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

मदन भण्डारीका सहपाठी सुवेदी गौरादहको साख फर्काउने याेजनामा

गौरादह –  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्ने गौरादह एमालेको गढ भएर पनि अघिल्लो पटक नगरप्रमुख पद गुमायो । गुमेको त्यो साख फर्काउने अवसर यस पटक छत्रपति सुवेदीलाई छ ।

स्थानीय निर्वाचन २०७९ नजिकिँदै गर्दा झापाको गौरादह नगरपालिकाको चुनावी गतिविधिलाई पनि चासोपूर्वक हेरिएको छ । यसका दुईटा कारण छन् । एउटा एमालेको गढ भएर पनि अघिल्लो निर्वाचनमा यो नगरमा प्रमुख पद हात पार्न सकेन । उपप्रमुखसहित बहुमत सदस्य पद जित्यो । दोस्रो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रको नगरपालिका हो–,गौरादह । त्यसैले यस नगरले विगतमा गुमेको साख कसरी फर्काउँछ भन्ने चासो सबैलाई छ । त्यस्तै अध्यक्ष ओलीको निर्वाचन क्षेत्रमा पर्ने चार स्थानीय तहमध्ये दमक र गौरादह चाहीँ नगरपालिका हुन् ।

सत्ता पक्षीय गठबन्धनका बाबजुत पनि एमालेले राम्रो ‘पोजिसन’ का उम्मेदवार नगरप्रमुखमा उठाएको छ । राजनीतिक सुझबुझ भएका मात्र होइन, जननेता मदन भण्डारीका बालशखा एवं सहपाठी छत्रपति सुवेदी यो नगरबाट नगरप्रमखमा प्रतिष्पर्धा गर्दै हुनुहुन्छ । जननेता भण्डारी र सुवेदीले २०२१ र २०२२ सालमा कक्षा र ६ र ७ सँगै पढ्नु भएको हो । सुवेदीका अनुसार ताप्लेजुङको बालसुबोधिनी संस्कृत माविमा दुईवर्ष उहाँहरू सँगै पढ्नुभयो । भत्केको किल्ला बनाउन एमालेले लामो राजनीतिक लिगेसी बोकेका सुवेदीलाई गौरादहमा अघि सारेको छ ।

छत्रपति सुवेदी : ताप्लेजुङको साँघुदेखि झापाको गौरादहसम्म

२०१३ साल साउन २० गते ताप्लेजुङको साँघुमा जन्मिएका सुवेदी एमालेको राम्रो छवि भएका नेतामा पर्नुहुन्छ । पूर्व मध्यमासम्म अध्ययन गर्नु भएका उहाँ शालीन र प्रष्ट बोल्ने ब्यक्तिका रूपमा चिनिनुहुन्छ । उहाँको राजनीतिक यात्रा नेकपा एमालेको साविक कोहबरामा गाउँ कमिटी सदस्यबाट भएको हो । इलाका कमिटी सदस्य, उपसचिव, गाउँकमिटी सचिव, अध्यक्ष, क्षेत्रीय कमिटी सचिव, अध्यक्ष हुँदै सुवेदी राजनीतिमा अघि बढ्नुभएको हो । उहाँ झापाको क्षेत्र नं. ६ को निर्वाचन क्षेत्रीय समन्वय कमिटी सदस्य हुँदै प्रदेश नं. १ को सल्लाहकार परिषद सदस्य हुनुहुन्छ । यसभन्दा अघि गौरादह नगरपालिका वडा नं. ५ का वडाध्यक्ष भई काम गरिसकेका सुवेदी हाल गौरादह नगरप्रमुखको उम्मेदवारका रूपमा मैदानमा हुनुहुन्छ ।

२५ वर्षपछि मदनसँगको भेट

२०२२ सालमा कक्षा सात पढिसकेपछि तत्कालीन मोती भण्डारी र छत्रपति सुवेदी आफ्नो आफ्नो गन्तव्यतिर लाग्नुभयो । भण्डारी उत्तर मध्यमा पढ्न बनारस जानुभयोे । सुबेदी अध्ययन र घरबार गर्न झापा झर्नुभयो । बहुदल आएको करिब छ महिनापछि छिमेकी मोरङ जिल्लाको सिंजुवामा तत्कालीन नेकपा मालेको कार्यक्रम आयोजना हुने र त्यसमा पार्टीका प्रवक्ता वक्ताको रूपमा आउने सुनेर सुवेदी कार्यक्रममा जानुभयो । तर प्रवक्ता को हो भन्ने पनि थाहा थिएन । कार्यक्रम स्थलमा गएर प्रवक्ता देखेपनि सुवेदीले पहिचान गर्न सक्नुभएन । छेउमा गएर उहाँले ति नेतालाई हेर्दै हुनुहुन्थ्यो । उहाँले भन्नुभयो ‘हाओ छत्रपति होइन ?’ सुवेदी झसंग भएर बाल्यकाल सम्झिदैं भन्नुभयो ‘मोती होइन ?’ दुई मित्रको सानो संवाद लगत्तै सुवेदीले भण्डारीलाई आफ्नो कार्यक्षेत्र तत्कालीन कोहबराको चप्रामारीमा भाषण गर्न आउन अनुरोध गर्नुभयो । सिंजुवामा भेटेको तेस्रो दिन मदन चप्रामारीको भद्रकाली माविमा आएर आमसभालाई सम्बोधन गर्नुभयो । त्यसपछि उक्त ठाउँमा कम्युनिष्टहरु बढेको सुवेदी सम्झनुहुन्छ ।

सुवेदीका लक्ष्य तथा योजना के–के छन् त ?

गौरादह नगरपालिका विकासको नेतृत्व गर्ने चुनौती सामना गर्ने सुवेदीको रहर छ । नगर भएको हेर्न मन छ । गौरादहमा सडक, शिक्षा, कृषि, स्वास्थ्य र पर्यटन जस्ता मानिसका मुख्य आवश्यकतालाई दिगो विकास गर्न योजना बनाएरै काम गर्ने रहर छ । सिंचाई, नदी नियन्त्रण, रोजगार जस्ता आवश्यकीय कुरा पूरा गर्न सकिने उहाँको बुझाई छ । कृषि, रोजगार र उद्योगको क्षेत्रमा धेरै काम गर्न सकिने सुवेदीलाई लागेको छ ।

यसअघि २०३९ सालमा सुवेदी ताप्लेजुङको जिल्ला पञ्चायत सदस्य हुनुहुन्थ्यो । २०७४ मा गौरादहको वडा नं. ५ को वडाध्यक्ष हुनुभयो । उहाँले गौरादहमा गर्न सकिने थुपै्र योजना बनाउनु भएको छ ।

विकासप्रेमी एवं लोकप्रिय छवि

गौरादह नगरपालिका वडा नम्बर ५ को वडाध्यक्षको रूपमा निर्वाचित भएपछि सुवेदीले विकासमा गरेका कामले नगरभरि प्रशंसा बटुल्यो । विकास र समृद्ध गाउँ बनाउन ल्याएका थुप्रै योजनाले उहाँलाई विकासप्रेमी नेताको रूपमा खडा गरेको छ । शालीन तर प्रष्ट स्वभावका सुवेदी भाषणमा भन्दा काममा विश्वास गर्नुहुन्छ । चुनावको मुखमा सबैभन्दा ठूलो हतियार विगतमा उहाँले गरेका काम नै हुन् ।

विभिन्न विद्यालय भवन निर्माणमा गरेको योगदान, गौरादह–५ मा बनेका पूर्वाधार निर्माणमा सुवेदीको सक्रियता, पुल–कल्भर्ट जस्ता संरचना निर्मा¬णमा खेलेको भूमिका आदीले सुबेदीको तौल निर्धारण गर्छ । उहाँको कामलाई हेरेर जनताले साथ दिनेमा सुवेदी ढुक्क हुनुहुन्छ । समृद्ध नगर निर्माणको खाका÷योजना बोकेर बसेका सुवेदी नगर प्रमुख भएपछि ति योजना कार्यन्वयन गर्न प्रतिवद्ध भएर लाग्ने बताउनुहुन्छ ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  २ : ४७ बजे