दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

महिला मैत्री कार्यस्थल बनाउछौं, महिनावारीमा बिदा दिलाउछौं : सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर उम्मेदवार सुनिता डंगोलले आफूले जितेको खण्डमा श्रमिक महिलाहरूलाई कार्यस्थलमा सुरक्षित तरिकाले काम गर्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेकपा एमालेबाट उम्मेदवार बन्नु भएकी उहाँले निर्वाचित भएमा  महिला र पुरुषबीच ज्यालामा हुने विभेद हटाउने समेत बताउनुभयो । 

श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै डंगोलले आफु निर्वाचित भए महिनावारी भएका बेला महिलाहरूलाई कार्यालयमा बिदा दिलाउनका लागि पहल गर्ने पनि वाचा गर्नुभयो । 

उहाँले भनुनुभयो, ‘महिनावारीको पीडा महिलाले बाहेक पुरुषले राम्रोसँग बुझ्दैनन् । महिनावारीमा बिदा दिनका लागि हामी नीति–कार्यक्रम अघि सार्नेछौं । साथै कार्यस्थलमा महिलाहरु सुरक्षित महसुस गर्नुपर्छ । त्यसका लागि वातावरण बनाउने छौं ।’

उहाँले युवाको आवाज बुझेर एमालेले आफूलाई उपमेयरको उम्मेदवार बनाएको बताउनुभयो ।  डंगोलले कार्यक्रममा सांकेतिक भाषामा समेत कुरा राख्खेनुभएको थियो । 

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  १ : ०० बजे