काठमाडौँ । काठमाडौँ महानगरपालिकामा नेकपा (एमाले)का दुई जना सदस्य निर्वाचित भएका छन् ।
निर्वाचन आयोगले दिएको जानकारी अनुसार काठमाडौँ महानगरपालिका वडा–१८ की दलित महिला सदस्य अम्बिका सुनार र वडा–२२ की पनि दलित महिला सदस्य गीता परियार विजयी हुनुभएको हो ।
उहाँहरु दुबै जना एमालेको तर्फको उम्मेदवार रहेको नेकपा (एमाले) काठमाडौँ महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले जानकारी दिनुभयो ।
प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार १२ : ४७ बजे
प्रतिक्रिया