दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

चितवनको कालिकामा एमालेको घरदैलो सुरु 

​​​​​​​चितवन । चितवनको कालिका नगरपालिकामा नेकपा एमालेको घरदैलो सुरु  भएको छ ।

एमालेका तर्फबाट कालिका नगरपालिकाको मेयर पदका उम्मेदवार विनोद रेग्मी, उपमेयरका उम्मेदवार विमला लामासहितको टोलीले कालिका–३ पदमपुरबाट आज घरदैलो अभियान सुरु भएको हो ।

मेयर पदका उम्मेदवार रेग्मी, उपमेयर पदका उम्मेदवार लामा, कालिका–३ का वडा अध्यक्षका उम्मेदवार हरिप्रसाद अधिकारी, खुल्ला सदस्य निरबहादुर पाख्रिन र सुकराम महतो, महिला सदस्य सल्मा लामा, दलित महिला सदस्य शकुन्तला सुनार सहितको टोली बृहत् घरदैलो कार्यक्रम भएको हो ।

उम्मेदवारहरूले वडा भित्रका मतदाताहरूलाई घर÷घरमै पुगी मतदाताको समस्या बुझ्ने, राय सुझाव लिँदै मत माग्नुभएको छ ।  सो कार्यक्रममा सयौँको सङ्ख्यामा एमालेका कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  १२ : ३४ बजे