दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

‘कम्फर्टेवल सरकारका कारण अर्थतन्त्र अस्तव्यस्त’

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल) ले अहिले देशको स्वतन्त्रता, लोकतन्त्र र अस्मिता जोखिममा रहेको बताउनुभएको छ  ।

ताप्लेजुङ काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदान प्रदान तथा बृहत् भेलालाई सम्बोधनगर्दै देशको लोकतन्त्रप्रतिगमनतिर फर्केको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘लोकतन्त्रभनेको जनादेशबाट लागू हुने प्रणाली हो । तर, त्यो लोकतन्त्र अहिले प्रतिगमन तिर फर्केको छ । देश आज जनादेशबाट होइन, अध्यादेशबाट सञ्चालित भइरहेको छ ।’ साथै उहाँले यो अलोकतान्त्रिक र राष्ट्रघाती सरकारले देशको अर्थतन्त्र अस्तव्यस्त बनाएको वताउनुभयो ।

नेपालको समृद्धि उल्टो दिशातिर अगाडि बढिरहेको बताउँदै उहाँले भन्नुभयो, ‘यो कम्फर्टेबल सरकारले देशको अस्मितार लोकतन्त्रलाई बन्धकी राखेको हामीले देखेका छौं । एमसिसिको घटना होस् या महाकालीको घटना,तपाईंले हेर्नु भो भने देशको राष्ट्रियता र अस्मितालाई विदेशीसँग बन्धकी राखेको पाउनु हुनेछ ।’

योसँगै उहाँले आगामी स्थानीयतहको निर्वाचनमा नेकपाएमाले आफ्ना नाराहरू स्पष्ट रूपमा लिएको जिकिर गर्दै देश समृद्धिको लागि नेकपा एमालेलाई अत्यधिक स्थानमा जिताउनुका ेविकल्पन भएको बताउनुभयो ।

उपाध्यक्ष थापाले एमालेले स्थानीयतहमा ६० प्रतिशतभन्दाबढी सिट जित्ने वताउनुभयोे ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ३ : ३६ बजे