दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

एमाले अध्यक्ष ओलीले आईतबार हेटौंंडामा सम्बोधन गर्नुहुने

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आईतबार (भोली) हेटौंडा आउनुहुने भएको छ । आसन्न स्थानीय चुनावी सभा तथा अन्तराष्ट्रिय श्रमिक दिवशको अवसमा ओयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष ओली हेटौंडा आउन लाग्नु भएको हो ।  

बैशाख १८ गते (भोली) हेटौंडा उपमहानगरपालिकास्थित हुप्राचौर परिसरमा उपमहानगर  स्तरीय अन्तिम चुनावी सभा गर्न लागिएको एमाले मकवानपुका अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिनुभयो । ‘पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा ४० हजारभन्दा बढि जनसहभागितामा चुनावी सभा गर्ने तयारी छ’, श्रेष्ठले भन्नुभयो । त्यसअघि हेटौंडा उपमहानगरका विभिन्न चार वटा स्थानबाट पैदल ¥याली गरि हुप्राचौरमा जम्मा भएर १२ बजे कार्यक्रम शुरु गर्ने र १ बजे पार्टी अध्यक्ष केपि शर्मा ओलीले कार्यक्रमलाई सम्बोधन गर्नु हुने अध्यक्ष श्रेष्ठले बताउनुभयो । 

सोे अवसरमा पार्टी प्रवेश कार्यक्रम समेत हुने प्रसार प्रचार समितिका संयोजनक धुब्रप्रसाद चौलागाईले बताउनुभयो । उहाँले कार्यक्रममा तीन सय जनाको स्वंयमसेवा परिचालन गरिने जानकारी दिनुभयो । चुनावी सभामा १० वटै स्थानीय तहका नेता कार्यकर्ताहरु सहभागि हुने मकवानपुर एमाले पार्टी कार्यालयले जनाएको छ ।  हेटौंडा उपमहानगरपालिकामा मेयर पदको लागि एमालेबाट अनन्त पौडेल चुनावी मैदानमा छन् भने उपमेयरमा सुमित्रा काफ्ले  । पौडेल र काफ्लेले संयुक्त रुपमा चुनावी घरदैलो गरिरहेका छन् । घरदैलो कार्यक्रममा सहभागीले मेयर उपमेयर, वडा अध्यक्ष तथा सदस्यहरू घरघर पुगेर कार्यक्रममा सहभागिताको लागि समेत निमन्त्रणा गरेका छन् ।

यता एमालेको मुख्य प्रतिस्पर्धि सत्तारूढ गठबन्धनको भने चुनावी सभाको टुङ्गो लागेको छैन । एमालेसँग प्रतिस्पर्धाको लागि चुनावी तयारीमा रहेको सत्ताधारी गठबन्धनले पनि आगामी २२ वा २३ बैशाख आमसभा गर्ने तयारी गरेको बुझिएको छ । गठबन्धनमा नै छलफल गरेर आमसभाको टुङ्गो लगाउनु पर्ने भएकोले यसको आन्तरिक तयारी हुदै गरेको र हाल घरदैलोमा लागेको गठबन्धनका एक नेताले बताउनुभयो । “मिति र अतिथिबारे टुङ्गो लागेको छैन, लगभग २२÷२३ मा आमसभा गरिने तयारी भएको छ” ती नेताले भन्नुभयो । 

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  २ : ५६ बजे