‘एउटै नाउरको सिकार गर्न २३ लाख’

बैमानीले

धोका दियो जिन्दगीमा साथ छाड्यो बैमानीले
दुष्ट छिमेकीको आदेश मान्न थाल्यो बैमानीले
जतिसुकै गर्दा पनि अब्जस मात्रै दिइरह्यो
​​​​​​​ठुलो मान्छे बन्नलाई बाटो मोड्यो बैमानीले

छिमेकीको घर पुगी कुण्ठा पोख्यो बैमानीले
आफ्नै घरको गोप्य कुरा भनिसक्यो बैमानीले
छिमेकीलाई खुसी पार्न कम्फर्टेवल बन्छु भन्यो
घर छाडी पर हुँदै दागाधड्यो  बैमानीले

वैरीलाई साथ दिने बाचा गर्‍यो बैमानीले
आफू सधैँ दास बन्ने कसम खायो बैमानीले
खाकै ठाउँमा बिस्टा गर्‍यो बसीबसी खायो त्यहीँ
नानाभाँति गालिगर्दै हिँड्न थाल्यो बैमानीले

आफ्नै घरको दलान खनी आँगन पुर्‍यो बैमानीले
पराईको आँगनीमा परेड खेल्यो बैमानीले
छिमेकीले करेसाम किला ठोक्दा हेरिरह्यो
आफैँलाई बिक्री गर्‍यो धेरै खान बैमानीले

फोहोरको डङ्गुर भित्र पस्छु भन्यो बैमानीले
फोहोरीको हात पक्री बस्छु भन्यो बैमानीले
आमा बिक्री गर्छु भन्दै छिमेकीलाई गुहारेर
लात हान्यो आफैँलाई घात गर्‍यो बैमानीले 

इटहरी ५ निवासी कवि प्रलेस, सुनसरी अध्यक्ष हुनुहुन्छ ।

 

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ८ : ४७ बजे