दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

विगतका नमुना कार्यक्रमलाई लिएर जनतामा सामु जान कार्यकर्तालाई निर्देशन : महासचिव पोखरेल

देउखुरी  / नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा (एमाले) सरकारमा हुँदा स्थानीय तह सञ्चालन गर्न सफल भएका नमूना कामलाई लिएर जनतामा जान कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

 नेकपा एमाले घोराही उपमहानगर कमिटीले शुक्रबार घोराहीमा आयोजना गरेको चुनावी प्रशिक्षण कार्यक्रममा उहाँले विकास, राष्ट्रियता, स्वाधीनता र समृद्धिको रक्षा गर्ने पक्षमा गठबन्धन नदेखिएको भन्दै उनीहरुलाई जनमत प्राप्त गर्ने अधिकारसमेत नभएको बताउनुभयो ।

स्थानीय तहको निर्वाचन विकास र समृद्धिमा केन्द्रित हुनुपर्ने भन्दै उहाँले एमालेको एउटै उद्देश्य देश बनाउने र त्यसका लागि चुनावमा विजयी हासिल गर्ने भएको बताउनुभयो । 

कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख पदका उम्मेदवार नरुलाल चौधरीले विकासको नेतृत्व गर्ने पार्टी नेकपा एमाले भएकाले अपूरा कामलाई पूरा गर्नका लागि पूनः निर्वाचनमा आएको बताउनुभयो । घोराहीमा पाँच वर्षे कार्यकालमा नमूना काम गरेको र अब नागरिकलाई आर्थिकरूपमा सम्पन्न गर्ने योजनाका साथ आएको उहाँको भनाइ थियो । 

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ८ : ५६ बजे