दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

राप्रपाले पोखरासहित चार पालिकामा एमालेलाई सघाउने

पोखरा / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले स्थानीय तहको निर्वाचनमा कास्कीका सबै पालिकामा एमालेलाई सघाउने भएको छ । शुक्रवार एक विज्ञप्ति जारी सबै पालिकामा एमाले उम्मेदवारलाई सघाउने निर्णय भएको जानकारी गराएको हो ।

यसअघि पोखरा महानगरपालिका सहित, माछापुच्छ्रे, मादी, अन्नपूर्ण र रुपा गाउँपालिकाको प्रमुख र उपप्रमुख पदमा उम्मेदवार उठाएको थियो । 

चार पालिकाको उम्मेदवार एमालेलाई सघाउने निर्णय भएपछि फिर्ता बोलाइएको राप्रपा नेपालका केन्द्रीय सदस्य सूर्य बास्तोलाले जानकारी दिए । अन्नपूर्ण गाउँपालिकामा भने एकल रूपमा लड्ने बताइएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ७ : ५० बजे