दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

श्रीधर पोखरेल एमालेको प्रचारप्रसारमा व्यस्त

हेटौंडा । नेकपा एकीकृत समाजवादीको अध्यक्ष पदबाट राजीनामा दिएका श्रीधर पोखरेल नेकपा एमालेको चुनावी प्रचारप्रसारमा व्यस्त हुन थालेका छन् ।

बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरेर चुनावपछि पार्टी कमजोर हुने भन्दै उहाँले पार्टी परित्यागको घोषणा गर्नुभएको थियो । त्यस लगतै बिहीबार उहाँलाई काठमाडौंमा एमालेका अध्यक्ष केपी ओलीले एमाले प्रवेश गराउनुभएको थियो ।  

पोखरेल अहिले हेटौंडाका उम्मेदवारसँग चुनावी प्रचारप्रसारमा व्यस्त हुन थाल्नुभएको छ । हेटौंडा ५ मा भएको चुनावी प्रचारप्रसार कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले नेकपा एस कांग्रेसको ‘एस’ भइसकेको बताउनुभयो । उहाँले नेकपा एससँग कुनै विचार र दृष्टिकोण नभएको बताउनुभयो ।

‘एसको विचार केवल एमालेलाई कमजोर बनाउने र नेपाली कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्नेभन्दा अरू कुनै छैन,’ उहाँले भन्नुभयो । अनन्त पौडेलको नेतृत्वमा हेटौंडालाई सुन्दर बनाउने अभियानमा सबैजना लाग्नुपर्ने उहाँको भनाई छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ५ : १६ बजे