दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

केशव स्थापितको घरदैलो अभियान शुरु

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले आजदेखि घरदैलो अभियान शुरु गर्नुभएको छ ।

राजनीतिक दलका उम्मेदवारले घरदैलो अभियान सुरु गरे सँगै स्थापितले पनि काठमाडौं महानगरपालिका क्षेत्र नं ५ हाँडीगाउँबाट आफनो चुनाबी घरदैलो अभियान शुरु गर्नुभएको हो । उहाँसँगै घरदैलो अभियानमा प्रदेश सांसद नारायण सिलवाल, नेता रत्न गुरुङ, वडा नम्बर ५ का वडा अध्यक्षका उम्मेदवार वीरेन्द्र प्रजापति, वडा सदस्य शशी थापा, वडा सदस्य हरिबहादुर महर्जन, दलित सदस्य आरती सुनार, महिला सदस्य पंचमाया मूनीकार लगायतले घरदैलो अभियानमा मत माग्नुभएको स्थानीय लक्ष्मण शर्माले बताउनुभयो ।

मत माग्न जनताको घरदैलो अभियानमा रहनुभएका मेयरका उम्मेदवार स्थापितसँग मतदाताले समान शिक्षा, सडक, खानेपानी, फोहर व्यवस्थापनलाई प्राथमिकता दिन सुझाव दिएका थिए । जवाफमा स्थापितले आफनो पाँच वर्षे कार्यकालमा जनताका सवै समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ५ : १५ बजे