समुन्नत कालिका र भ्रष्टाचार शून्य नगरपालिका मेरो लक्ष्य- मेयरका उम्मेदवार बिनोद रेग्मी

चितवन ।  कालिका नगरपालिकाको नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार विनोद रेग्मीले समृद्ध, समुन्नत कालिका नगरपालिका बनाउन र भ्रष्टाचार शून्य नगर बनाउने आफ्नो प्रमुख लक्ष्य रहेको बताएका छन् । नेकपा एमाले कालिका वडा नं. १ ले आज गडुवा चोकमा आयोजना गरेको परिचयात्मक कार्यक्रम तथा कोणसभालाई सम्वोधन गर्दै मेयरका उम्मेदवार रेग्मीले नगरको समुन्नत विकासका लागि एमालेको विकल्प नभएको बताए ।

हाल नेकपा एमालेकै नेतृत्वबाट चुनिएका जनप्रतिनिधिले कालिकाको विकास र समृद्धिको सुरूवात भएको बताउँदै रेग्मीले चालु, अधुरा अपुरा सबै कामहरूलाई पूर्णता दिने समेत बताए । शिक्षा, स्वास्थ्य, सडक लगायतका सम्पूर्ण विकास निर्माणका काममा कुनै पनि कमि हुन नदिने र भ्रष्टाचार शून्य नगरपालिका बनाई जिल्ला र देशकै उत्कृष्ट, समुन्नत र समृद्ध कालिका बनाउने आफ्नो मुख्य लक्ष्य रहेको समेत रेग्मीले बताए ।

मेयर तथा उपमेयरका उम्मेदवार सहितको घरदैलो तथा कोण सभा
चितवन । नेकपा एमालेद्वारा पूर्वी चितवनको कालिका नगरपालिका वडा न. १ को लंकालाईन तथा गडुवा क्षेत्रमा आज घरदैलो कार्यक्रम गरिएको छ । मेयरका उम्मेदवार विनोद रेग्मी, उपमेयरका उम्मेदवार विमला लामा, वडा नं. १ का वडा अध्यक्षका उम्मेदवार  बुद्धि बोम्जन (तामाङ), खुल्ला सदस्य जीवन लामा, खुल्ला सदस्य ओमकार खड्का, दलित महिला सदस्य  लक्ष्मी परियार, महिला सदस्य उम्मेदवार सरस्वती खत्री सहितको घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम गरिएको हो ।

कार्यक्रममा एमालेका कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । उनीहरूले कालिका वडा नं. १ का मतदाताको घर घरमा पुगी आफ्नो पक्षमा मत मागेका थिए । 

सोही अवसरमा कालिका वडा नं. १ को गडुवा चोकमा कोण सभा समेत गरिएको थियो । सो कार्यक्रममा नेकपा एमालेको तर्फबाट कालिका नगरपालिकाका मेयरका उम्मेदवार विनोद रेग्मी, प्रवासी नेपाली मञ्च भारतका नेता दुर्गादत्त पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी  युवाहरू नेकपा एमालेमा प्रवेश गरेका थिए ।

चितवनको कालिकामा नेकपा एमालेको मेयर तथा उपमेयरका उम्मेदवार सहितको घरदैलो तथा कोण सभा

चितवन । नेकपा एमालेद्वारा पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. १ को लंकालाईन तथा गडुवा क्षेत्रमा आज घरदैलो कार्यक्रम गरिएको छ । मेयरका उम्मेदवार विनोद रेग्मी, उपमेयरका उम्मेदवार विमला लामा, वडा नं. १ का वडा अध्यक्षका उम्मेदवार  बुद्धि बोम्जन (तामाङ), खुल्ला सदस्य जीवन लामा, खुल्ला सदस्य ओमकार खड्का, दलित महिला सदस्य  लक्ष्मी परियार, महिला सदस्य उम्मेदवार सरस्वती खत्री सहितको घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम गरिएको हो ।

कार्यक्रममा एमालेका कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । उनीहरूले कालिका वडा नं. १ का मतदाताको घर घरमा पुगी आफ्नो पक्षमा मत मागेका थिए ।

सोही अवसरमा कालिका वडा नं. १ को गडुवा चोकमा कोण सभा समेत गरिएको थियो । सो कार्यक्रममा नेकपा एमालेको तर्फबाट कालिका नगरपालिकाका मेयरका उम्मेदवार विनोद रेग्मी, प्रवासी नेपाली मञ्च भारतका नेता दुर्गादत्त पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी  युवाहरू नेकपा एमालेमा प्रवेश गरेका थिए ।

कालिकामा अनेमसंघद्वारा ५ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन
 
चितवन । पुर्वी चितवनको कालिका नगरपालिकामा अखिल नेपाल महिला संघ कालिकाद्वारा ५ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । अखिल नेपाल महिला संघ कालिका नगर कमिटीको आज आयोजित बिस्तारित बैठकले सो निर्वाचन परिचालन कमिटी गठन गरेको हो । 

अखिल नेपाल महिला संघ कालिका नगर कमिटीकि अध्यक्ष शारदा रेग्मीको संयोजकत्वमा सो कमिटी गठन गरिएको हो । सो बैठकमा नेकपा एमालेको कालिका नगरपालिकाका मेयरका उम्मेदवार बिनोद रेग्मी, उप- मेयरका उम्मेदवार बिमला लामा, एमाले कालिकाका अध्यक्ष केशव लामा लगायतले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ५ : ०६ बजे