दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

स्वतन्त्र उम्मेदवार एमालेलाई सघाउन तयार

​​​​​​​उदयपुर। नेकपा एमाले त्रियुगा नगरपालिकाका चर्चित युवा नेता नारायण खड्काले स्वतन्त्र उम्मेदवारी फिर्ता लिनुभएको छ । निर्वाचन आयोगले तोकेको समयसिमा आज मध्यान्न १२ः४५ बजे खड्काले प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा गई आफ्नो मेयर पदको उम्मेदवारी फिर्ता लिनुभएको हो । उम्मेदवारी फिर्ता लिएसँगै उहाँले नेकपा एमालेकोतर्फबाट त्रियुगा नगरपालिकामा मेयर पदमा उम्मेदवारी दिनुभएको विकासप्रेमी नेता भागवत राउतलाई सघाउने घोषणा गर्नुभएको हो ।

आफ्ना शुभचिन्तक र कार्यकर्ता लिएर उम्मेदवारी फिर्ता लिन पुग्नुभएको खड्काले निश्वार्थ ढंगले राउतलाई सघाउने उद्घोष गर्नुभएको हो । उमेदवारी फिर्ता लिएर कार्यालयबाट वाहिरिनुभएको खड्काले नेपाल र नेपाली जनताको भविष्य नेकपा एमालेको हातमा रहेकाले त्यो महान कार्य पुरा गर्न आफूले सहयोग गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘मुलुक बनाउने जिम्मेवारी जनताले नेकपा एमालेलाई सुम्पिन लागेको अवस्थामा अवरोध सिर्जना गर्न उपयुक्त नदेखिएकाले पार्टी संरक्षण र संबर्धनमा सहयोग गरेको हुँ ।’ ‘पार्टी भित्रका आन्तरिक समस्याको समाधान भित्रै बसेर खोजिन्छ,‘उहाँले थप्नुभयो,‘एमालेविरुद्ध अन्य पार्टीको मोर्चावन्दी र घेराबन्दी स्वीकार्य हुन सक्दैन त्यसैले आफ्नो उम्मेदवार जिताउनु मेरो कर्तव्य हो ।’

खड्काले मुलुको विकास, समृद्धी एमालेबाट मात्र सम्भव भएकाले आम त्रियुगबासीलाई नेकपा एमालेको पंक्षमा मतदान गर्न आग्रह गर्नुभयो । २०५४ सालको स्थानीय निकायको निर्वाचनमा तत्कालिन त्रियुगा नगरपालिका वडानं १५ (हालको वडा नं ८)बाट वडाध्यक्ष पदमा एमालेबाट विजयी हुनुभएको खडका सक्रिय राजनीतिमा हुनुहुन्छ । खड्का मेयर पदको आकांक्षी हुनुहुन्थ्यो ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ३ : ५९ बजे