कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाट मेयर र उपमेयर दुवैमा पुरुषको मनोनयन दर्ता भएको भन्दै निर्वाचन आयोगले दुवै जनाको उम्मेदवारी रद्ध गरेको छ ।
कृष्णनगर नगरपालिकाको मेयरमा लोसपाबाट मेयरमा शिवप्रसाद कलवार र उपमेयरमा मोहम्मद अफजल मियाले उम्मेदवारी दिनुभएको थियो ।
कानून अनुसार मेयर उपमेयर पदमा उम्मेदवारी दिने दलले एक महिला र एक पुरुष उठाउनु पर्ने भए पनि दुवै पदमा पुरुषले उम्मेदवारी दिएकाले उम्मेदवारी खारेज गरिएको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ ।
प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार २ : ४९ बजे
प्रतिक्रिया