दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

विराटनगर महानगरपालिका : एमालेको उम्मेदवार विरुद्धको उजुरी खारेज

विराटनगर । विराटनगर महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार शिल्पा कार्की विरुद्ध परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको छ ।

कोसी अस्पतालको विकास समितिको सदस्यमा बहाल रहेको भन्दै परेको उजुरी आयोगले खारेज गरिदिएको हो । कार्कीले राजीनामा गरेको कागजात पेश गर्नुभएको हुँदा  मुख्य निर्वाचन अधिकृतको कार्यालयले उहाँ विरुद्घ परेको उजुरी खारेज गरिदिएको हो ।  अब कार्कीको उम्मेदवारी कायम भएको छ ।

कार्कीविरुद्ध जनता समाजवादी पार्टीका तर्फबाट उपमेयरका उम्मेदवार अमरेन्द्र यादवले उजुरी दिएका थिए । 

उम्मेदवार कार्कीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा वैशाख ११ गते स्वास्थ्य मन्त्रालयमा राजीनामा दिएको दाबी पेश गर्नुभएको थियो ।  

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  २ : ३५ बजे