दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

हँसिया हथौडामा भोट नहाल्दा पार्टीले कारबाही गर्छ भने भोग्‍न तयार छु : कांग्रेस नेता पौडेल

चितवन – नेपाली कांग्रेस नेता एवं पूर्व सांसद जगन्नाथ पौडेलले कारबाही भोग्न तयार रहेको बताउनुभएको छ । उहाँले हशिया हथ्यौडा भोट नहाल्ने तर कांग्रेसको कारबाही सहज रूपमा स्वीकार गर्ने बताउनुभयो ।

चितवनको भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिनुभएका पौडेलले कुनै हालतमा मनोनयन फिर्ता नलिने अडान कायम राख्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एक जना मन्त्री, एक जना राज्यमन्त्री र पूर्व प्रधानन्यायाधीशलाइ समेत भरतपुर पठाएर पौडेललार्इ सम्झाउने प्रयास गरेका थिए तर उहाँको त्यो प्रयास असफल भएको छ ।

प्रचण्ड पुत्री रेणु दाहाललाई भरतपुरको मेयरमा दोहोर्याउन प्रचण्डको प्रस्तावमा देउवाले कांग्रेसको संगठन नै समाप्त पार्ने गरी गलत निर्णय लिएको भन्दै कांग्रेस कार्यकर्ताले बिरोध जनाउँदै आएका छन् ।

पौडेले भन्नुभयो, ‘म फर्किने ठाउँमा छैन। फर्किन नसक्ने ठाउँमा पुगिसकेँ। मैले मेरो अवस्था नेताहरुलाई जानकारी गराइसकेको छु । मैले हँसिया हथ्यौडामा भोट हाल्दिन भनेको हुँ। हँसिया हथ्यौडामा भोट नहाल्दा पार्टीबाट निकालिन्छ भने निस्कन तयार छु ।’

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  २ : ३५ बजे