दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

उम्मेदवारी फिर्ता गराउन डर, धम्की र प्रलोभन नदेऊ : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता गराउन डर, धाक, धम्की, धरपकड र प्रलोभन नदिन आग्रह गरेको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज एक विज्ञप्ति जारी गर्नुहुँदै  कतिपय उम्मेदवारको मनोनयन फिर्ता लिन धरपकड भइरहेका सूचना आयोगमा आएको र त्यस्ता घटनाप्रति आयोगको ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ । 

‘स्थानीय तह सदस्य निर्वाचन २०७९ मा उम्मेदवारी दर्ताको मनोनयन गराउनु भएका कतिपय उम्मेदवारहरूलाई मनोनयन फिर्ता गराउनका लागि डर, धाक धम्की धरपकड र प्रलोभन देखाएको भन्ने समेतका सूचना तथा जानकारी आयोगमा प्राप्त भइरहेको प्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,’ आयोगले भनेको छ।

संविधान र प्रचलित कानून बमोजिम योग्यता पुगेका कुनै पनि नेपाली नागरिकले राजनीतिमा भाग लिन उम्मेदवारी दर्ता गर्न निर्वाचित र शासकीय प्रणालीमा संलग्न हुन पाउने नैसर्गिक संवैधानिक एवम् कानूनी अधिकार रहेको आयोगको भनाइ छ।

‘निर्वाचनलाई प्रभाव पार्ने गतिविधि जुनसुकै प्रकृति र मात्राका भए पनि त्यसले संविधान, कानून र लोकतन्त्रमाथि आघात पुयाउने भएकोले यस्ता हर्कत् नगर्न,नगराउन आयोग सरोकारवालाहरु सबै प्रति आग्रह गर्दछ,’ विज्ञप्तीमा भनिएको छ । 
आयोगको यो विज्ञप्ती आईरहँदा उता गठबन्धन आवद्घ दलहरु भने बागी उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता गर्न निर्देशन नै जारी गरिरहेका छन् । 

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  २ : २२ बजे