दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

एमालेका बागी उम्मेदवार आचार्यद्वारा उम्मेदवारी फिर्ता

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिनुभएका एमाले जिल्ला कमिटी सदस्य बालकृष्ण आचार्यले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ ।  

आचार्य २०७४ को स्थानीय तह निर्वाचनमा  कांग्रेस–माओवादी गठबन्धनलाई पराजित गर्दै मालारानी गाउँपालिका अध्यक्षमा विजयी हुनुभएको थियो । 

यस पटक दोहोरिने ईच्छ्या राख्नुभएका आचार्यले पार्टीबाट टिकट नपाएसँगै बागी उम्मेदवारी दिनुभएको थियो । 

एमालेले यहाँ दलबहादुर भट्टराईलाई पालिका अध्यक्षको उम्मेदवार बनाएको छ । 

एमाले नेताको छलफलपछि भट्टराईलाई नै सहयोग गर्ने गरी उम्मेदवारी फिर्ता गरिएको आचार्यले बताउनुभयो । ‘कुरा मिल्यो, भट्टराईलाई अध्यक्षमा जिताउन दिल(ओ(ज्यान दिएर लाग्छु,’ उहाँले उम्मेदवारी फिर्ता पछि भन्नुभयो । 
यहाँ एमाले विरुद्घ  चार दलीय गठबन्धन छ । 

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  १ : ४३ बजे