पहाडी भू–भागमा चट्याङसहित वर्षाको सम्भावना

 

काठमाडौँ । पहाडी भू–भागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव छ । बिहान पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली छ ।

दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने आँकलन गरिएको छ । 

प्रदेश १, मधेस, बागमती र गण्डकीका केही स्थानहरू र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा  मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति गण्डकी प्रदेशका थोरै स्थान र प्रदेश १ र कर्णाली प्रदेशको पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।

शनिवार प्रदेश १, मधेस, बागमती र गण्डकीका केही स्थान र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा  मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
​​​​​​​२०७९ वैशाख १६ गते (शुक्रवार)
दिउँसो:
देशको  पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ।  

प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

राती: प्रदेश १ र गण्डकी प्रदेश लगायत देशका  पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यता सफा रहने छ। गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा र प्रदेश १ र कर्णाली प्रदेशको पहाडी भू–भागको एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

२०७९ वैशाख १७ गते (शनिवार) 
दिउँसो:
देशको  पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। 

प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा  मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

राती: देशको  पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। 

प्रदेश १, बागमती प्रदेश , गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

२०७९ वैशाख १८ गते (आइतबार)
दिउँसो: दे
शको  पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। 

प्रदेश १,  मधेस प्रदेश,  बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र लुम्बिनी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा  मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

राती: प्रदेश १, बागमती प्रदेश ,गण्डकी प्रदेश  लगायत बाँकी प्रदेशका  पहाडी भू–भागमा आंशिक बदली देखि सामान्य बदली  रही बाँकी भू–भागमा  आंशिक बदली रहने छ।

प्रदेश १, मधेस प्रदेश, बागमती  प्रदेश,  गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ७ : २४ बजे