दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

माओवादीलाई ठूलो झट्का, पालिका अध्यक्षका उम्मेदवार एमालेमा प्रवेश

रसुवा – नेकपा माओवादी केन्द्रका गाउँपालिका इन्चार्ज तथा पालिका अध्यक्षका उम्मेदवार तेन्जिन छेसाङ तामाङ एमालेमा प्रवेश गर्नुभएको छ ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उहाँले माओवादीबाट उम्मेदवारी दर्ता गराउनु भएको थियो । तामाङसँगै गोसाइँकुण्ड गाउँपालिका ५ का वडाध्यक्षका उम्मेदवार पनि एमालेमा प्रवेश गर्नुभएको छ ।

आज आयोजित एक कार्यक्रमबीच एमाले नेताहरूले दुवै जनालाई पार्टीमा स्वागत गरेका छन्।

एमाले नै शसक्त भएकाले माओवादीबाट दिएको आफ्नो उम्मेदवारी समेत फिर्ता लिने गरी पार्टीमा प्रवेश गरेको तामाङले बताउनु भयो ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  ९ : १२ बजे