दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

कांग्रेस र माओवादी पार्टी परित्याग गरी १०० भन्दा बढी नेता-कार्यकर्ता एमालेमा प्रवेश

उदयपुर – रौतामाई गाउँपालिका-७ राजाबासका नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका एक दर्जन भन्दा बढी नेता-कार्यकर्ताले पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

स्थानीय कुल्लीबहादुर आलेको नेतृत्वमा विक्रम समाल, अमृत मगर, लालबहादुर मगर, कुमार मगरसहित एक दर्जन भन्दा बढीले पार्टी परित्याग गरेका हुन् ।

पार्टी भित्र असन्तुष्टि बढेसँगै माओवादी केन्द्र र कांग्रेसका कार्यकर्ता तथा नेताहरु स्थानीय चुनाव नजिकिदै गर्दा धमाधम पार्टी परीत्याग गरी प्रवेश गरेका हुन् ।

टिकट वितरणमा राम्राभन्दा पनि आफ्नालाई दिएको, कार्यकर्ता व्यवस्थापनामा ध्यान नदिएको, पार्टीलाई सधैं सिमित घेरबन्दीमा राखेको, गुटगत प्रविति हाबी भएको भन्दै उनीहरुले पार्टी परित्याग गरेका हुन् ।

नेता-कार्यकर्ताहरुलाई नेकपा एमालेका प्रदेश कमिटी सचिवालय सदस्य अम्बरबहादुर रायमाझी, जिल्ला कमिटी सदस्य गजेन्द्रबहादुर खड्का, सदस्य तथा गाउँपालिकाका अध्यक्षका उमेदवार भरतबहादुर थापा, उपाध्यक्ष कुमारी ठकुरी रानाले स्वागत गर्नु भएको थियो ।

प्रवेश कार्यक्रममा माओवादी र काँग्रेस भित्रको रवैया, सिण्डिकेड तोड्न नसकेकाले जनताको प्यारो पार्टी एमाले रोजेको बताएका छन् । १० वर्षे जनयुद्धको उदेश्य र भावनाअनुसार नेतृत्व अघि नबढ्दा देश दुर्घटनातर्फ धकलिएकाले देश बचाउने पार्टी एमालेमा प्रवेश गरकेो बताए ।

त्यसैगरी चौदण्डिगढी नगरपालिका वडा ४ शनिबारेमा तिलक राईको नेतृत्वमा ५१ जना नेकपा एमालेमा प्रवेस गरेका छन् । उहाँहरुलाई नेकपा एमालेको तर्फबाट चौदण्डीगढी नगरपालिकाका मेयरको उम्मेद्वार कालुमान लामा लगायतले स्वागत गर्नु भएको थियो ।

त्यसैगरी बेलका नगरपालिकाको चर्चित कवुलियती वन प्रकरण क्षेत्रका जयराम माझीको नेतृत्वमा ४६ जना एमालेमा प्रवेश गरेका छन् । कवुलियती वन क्षेत्र एकता टोलमा एमालेले आयोजना गरेको कार्यक्रममा उहाँहरु प्रवेश गरेका हुन् ।

जयराम माझीको नेतृत्वमा एमालेमा पार्टी प्रवेस गरेको जनाएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  ६ : ०७ बजे